१६ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध गणेश यादवका परिवारसँग आठबुँदे सहमति बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजेको तेहरानको दावी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजेको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आरोप लगाउनुभएको छ ।

सन् १९७९ मा इस्लामिक गणतन्त्रको स्थापना र शाह मोहम्मद रेजा पहलवीको सत्ताच्युत भएको इस्लामिक क्रान्तिको ४६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले इरानविरूद्ध अमेरिकी नेतृत्व लागिपरेको बताउनुभएको हो ।

“ट्रम्पले हामी वार्ता गर्न चाहन्छौँ भन्ने तर इरानीे क्रान्तिलाई घुँडा टेकाउन सबै षडयन्त्रमा हस्ताक्षर गर्नुभएको छ्,” ट्रम्पले यसै महिनाको सुरुमा तेहरानविरुद्धको प्रतिबन्ध पुनस्र्थापना गरेको उल्लेख गर्दै पेजेस्कियनले भन्नुभयो ।

“हामी युद्धको खोजीमा छैनौँ”, उहाँले भन्नुभयो, “तर इरान कहिल्यै पनि विदेशीका अगाडि झुक्ने छैन ।”

अमेरिका र इजरायल विरोधी नारा लगाउँदै सोमबार बिहान दक्षिणमा शिराज र बन्दर अब्बास, उत्तरमा रास्ट, पश्चिममा केरमानशाह र सान्दाज तथा पूर्वमा पवित्र शहर मशादको सडकमा भीड जम्मा भएको टेलिभिजनमा प्रसारित श्रब्यदृश्यमा देखाइएको छ ।

कार्यक्रममा सहभागी हरूले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको तस्वीर, इरानको हरियो, रातो र सेतो झण्डाका साथै तेहरान समर्थित हिजबुल्लाहजस्ता समूहहरूको ब्यानर बोकेका थिए।

संयुक्त राज्य अमेरिकाले ‘विभाजन’ को बीजारोपण गरेर इरानलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै पेजेशकियानले भन्नुभयो, “यदि हामी एक साथ अघि बढ्यौँ भने देशको सबै समस्याहरू समाधान गर्न सक्षम छौँ।”

सन् २०२१ मा समाप्त भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानविरुद्ध ‘अधिकतम दबाब’ को नीति लिनुभएको थियो ।

फेब्रुअरी ४ मा विभागहरूलाई नयाँ प्रतिबन्धहरू लगाउन निर्देशन दिने आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले ‘इरानसँग सम्झौता गर्न र सबैले सँगै बस्न सक्ने’ आशा व्यक्त गर्नुभएको थियो । त्यतिबेला ट्रम्पले यदि इरानले आफ्नो मुलुक र नागरिकमाथि आक्रमण गरेमा इरानको नामेट हुने चेतावनी दिनुभएको थियो ।

सन् १९७९ मा निर्वासनबाट अयातुल्लाह रुहोल्लाह खोमेनीको तेहरान फर्केको वर्षगाँठ अर्थात् इरानले शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको र गणतन्त्र स्थापना गरेको जनवरी ३१ देखि १० दिनसम्म भव्य कार्यक्रमसाथ ‘गणतन्त्र स्थापना समारोह’ गर्ने गर्छ ।

ट्रम्पको प्रतिबन्धको घोषणापछि हालैका दिनहरूमा इरानी अधिकारीहरूले नागरिकहरूलाई ठूलो सङ्ख्यामा उत्सवमा भाग लिन आग्रह गरेका थिए।