४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद पत्रकारद्वय भण्डारी र सापकोटा सम्मानित



अ+ अ-

काठमाडौँ । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ खेल पत्रकार श्रीविक्रम भण्डारी सम्मानित हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ‘मेरो खेल डटकम’का सम्पादक भण्डारीलाई सम्मान गरिएको हो ।

यसैगरी सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित हुनुभएको छ । उहाँ कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

दुवैजनालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले सम्मान गर्नुभयो । भण्डारीलाई रु २५ हजार नगद र ताम्रपत्र प्रदान गरियो । सुदूरपश्चिमको डडेल्धुरामा जन्मिनुभएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आउनुभएको छ ।

त्यस्तै, कान्तिपुर टेलिभिजनमा कार्यरत सापकोटा पछिल्लो ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय रहनुभएको छ । उहाँले सम्मानसहित ताम्रापत्र र एक थान ल्यापटप प्राप्त गर्नुभयो । मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ गतेदेखि कर्णाली प्रदेशमा आयोजना गर्ने तय भएको छ ।

त्यस्तै, राखेप सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको बताउनुभयो । ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ मञ्चले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा उक्त अवार्ड प्रदान गर्दै आएको छ ।