१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाई काटेर खान खोज्ने प्रतिवादीलाई मुद्दा दर्ता



अ+ अ-

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेको अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेको अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार प्रहरीले पक्राउ गरी पशुपक्षीसम्बन्धी कसुरअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

प्रनि फुयाँँलका अनुसार सोही घटनामा संलग्न भएका नौ जना प्रतिवादी हालसम्म फरार रहेका छन् । गाई काट्न प्रयोग गरिएको धारिलो घरेलु हतियारसमेत घटनास्थलबाट प्रहरीले बरामद गर्नुका साथै पक्राउ परेका प्रतिवादी तामाङलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।