५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा धार्मिक भ्रमणको निमित्त दिल्ली प्रस्थान



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त आज भारतको राजधानी नयाँ दिल्ली तर्फ प्रस्थान गर्नुभएको छ ।

दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा केही राजनितीक भेटघाट पनि हुन सक्ने स्रोतले जनाएको छ । भ्रमणमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा) नेत्रबहादुर थापा र बहिनी रिता थापा हुनुहुन्छ ।

थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।