२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको रकम सहित पक्राउ



अ+ अ-

बारा। जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट स्रोत नखुलेको १० लाख १७ हजार ५ सय नेपाली रूपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रूपैयाँ सहित भारत घर भएका ५० वर्षीय उजिर मिया समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५४४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।