२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट विधेयक फिर्ता



अ+ अ-

काठमाडौँ। सरकारले प्रतिनिधिसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तदरायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिएको छ ।

सभाको आजको बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको उक्त विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

यसैबीच, प्रतिनिधिसभामा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।