२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकः सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भूकम्पको पुनर्निर्माण कार्यमा ढिलाइदेखि सडक निर्माण र डढेलोका कारण हुने क्षति रोकथामको तयारीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भगवती चौधरीले विगतको सरकारले क्षेत्रगत रणनीतिक सडक र हुलाकी सडक निर्माणमा बजेट छुट्याए पनि ठेकेदारका कारण निर्माण ढिलाइ भइरहेको बताए ।

सांसद भानुभक्त जोशीले बझाङको ताङलाकोट नाका पुनः सञ्चालन नहुदा धेरै काममा अवरोध भएको भन्दै उक्त नाका खोल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भीमप्रसाद आर्चायले सुनसरीको दक्षिण भागको हुलाकी सडक निर्माण रोकिएको र उक्त सडकमा आएको प्राविधिक समस्या समाधान गरी बजेट छुट्याउन आग्रह गरेका छन् । सांसद मनबहादुर गुरुङले पृथ्वी राजमार्ग निर्माण धेरै ढिलाइ हुँदा जनताले सास्ती भोग्नु परेकाले तत्काल निर्माण कार्य अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेन्द्रकुमार रायले भारतको महाकुम्भ मेलाबाट फर्कने क्रममा विहारमा जीव दुर्घटनामा महोत्तरीका पाँच जनाको घटनास्थलमै मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा भरिएको पानी एक्कासी खोल्दा भएको क्षति र भौतिक संरचनाको तत्काल निर्माण गर्न सरकारसँग माग गरेका थिए ।

सांसद महेश बस्नेतले संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति ल्याइएको आप्रवासन नीतिले विश्वका धेरै नागरिकलाई आफ्नो देश फर्काइरहेको र त्यसमा एक हजार ५०० देखि तीन हजार नेपाली पनि प्रभावित हुने बुझिएकाले यसमा सरकारको ध्यानाकर्षण गराए।

सांसद माधव सापकोटाले गत असोज ११ र १२ गतेको वर्षाले अरनिको लोकमार्गलाई ठूलो क्षति पु¥याएको र पक्की पुल नहुँदा आवतजावतमा कठिनाइ भइरहेको भन्दै पुल निर्माणका लागि आग्रह गरेका थिए। सांसद मीना तामाङले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरेका हुन् । सांसद मेनकाकुमारी पोखरेलले देशभरका गुठी पीडितको समस्या समाधान गर्न तत्काल गुठी ऐन ल्याएर आग्रह गरेका हुन् ।

सांसद मैना कार्कीले जाजरकोटमा भूकम्प गएको १७ महिना बितिसक्दा पनि अस्थायी टहरा निर्माण गर्न दोस्रो किस्ताको रकम अझै नपाएकाप्रति सरकारको ध्यानाकर्षण गराएकी थिइन् । सांसद मङ्गलप्रसाद गुप्ताले महिला उद्यमीहरूले बैैङ्कहरूबाट सहज रूपमा कृषिकर्जा पाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद मोहन आचार्यले २०७२ सालको भूकम्पको करिब १० वर्ष पुग्न लागे पनि रसुवामा अझै अस्थायी टहरामै बस्नुपरेको र एक सय ५२ घरधुरीमध्ये ४३ घरले जग्गा प्राप्तिमा कठिनाइ भोगिरहेको बताए । सांसद रघुजी पन्तले देशभर आगलागीका घटना सदनलाई जानकारी गराउनुपर्ने र आगलागी नियन्त्रणका लागि सरकारको तयारीबारे गृहमन्त्रीले सदनलाई जानकारी दिन माग गरेका थिए।

सांसद रेखा शर्माले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका नागरिकले प्रक्रियागत झन्झट भएको भन्दै नियमानुसारको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद रामहरि खतिवडा, रणकुमारी बलमपाकी मगर, सांसद रणेन्द्र बराली, रमा कोइराला पौडेल, राजु थापा, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगार्इं, रामकुमार राई, रामकृष्ण यादव, लक्ष्मी तिवारी, लालप्रसाद सावा लिम्बू, लेखनाथ दाहाल, भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ, जलवायु परिर्वतनको असर, सडक निर्माण आयोजनामा ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस