७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday
Latest
प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्ः राप्रपा पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाटै पक्राउ परराष्ट्रमन्त्री डा राणा बैंकक प्रस्थान सिंहदबारभित्रै राप्रपाद्वारा सांकेतिक प्रदर्शन अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ



अ+ अ-

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने ३६ वर्षीय रमेश कुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने ४१ वर्षीय जै बहादुर वली र मकवानपुर थाहा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३८ वर्षीय रविन कार्की रहेका छन् ।

पक्राउ मध्ये रमेशले सिंगापुर पठाइदिछु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, जै बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र रविनले स्लोभाकिया पठाइदिन्छु ‍भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका-९ बाट र जै बहादुरलाई काठमाडौं महानगरपालिका-३१ बाट बिहीबार तथा रविनलाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये रमेश र जै बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ ।