७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किङडम र फेरिल्यान्डलाई उपाधि



अ+ अ-

काठमाडौँ। किङडम हिमालयन र आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

किङडम जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गल्र्समा च्याम्पियन बने । बालुवाखानीस्थित आयोजकको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा किङडमले न्युटनलाई ३५–२५ ले पराजित गर्यो । किङडमका प्रवेश लामाले १६ अंक जोडे । कुनैपनि विधामा किङडमको हालसम्मकै पहिलो उपाधि हो । ग्रिनल्यान्ड तेश्रो भयो ।

जुनियर गल्र्सको उपाधि भिडन्तमा फेरिल्यान्डले बौद्ध चिल्ड्रेन हेभेनलाई २७–१० ले हरायो । फेरिल्यान्डकी करुणा बोगटीले १२ अंक जोडिन् । ९ दिनको अन्तरालमा फेरिल्यान्डको यो दोश्रो उपाधि हो । फेरिल्यान्डले माघ १८ प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जुनियर गल्र्सकै उपाधि जितेको थियो । न्युटन तेश्रो भयो ।

जुनियर ब्वाइजमा किङडमका अच्युत तामाङ तथा जुनियर गल्र्समा फेरिल्यान्डकी रणुका तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा न्युटनका आशिष राई तथा जुनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभेनकी जस्मिन गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डका विश्वास केसी तथा जुनियर गल्र्समा न्युटनकी आईरिन राना उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा गुरुकुल पब्लिक र जुनियर गल्र्समा मन्जरी ‘इमर्जिङ टिम’ ठहरिए ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उप मेयर अनिता लामा, बूढानीलकण्ठ शिक्षा महाशाखाका प्रमुख ललितविक्रम सिंह, काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारी, फेरिल्यान्डका संस्थापक निर्देशकत्रय रामप्रसाद गौतम, विनोद अधिकारी र राजेन्द्र देवकोटाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी थिए ।