२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिन देखिए ९५ हजारभन्दा बढि नयाँ कोरोना संक्रमित



अ+ अ-

भारत । भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६३ हजार १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ९५ हजार ५ सय २९ नयाँ संक्रमितको पहिचान भएको छ । हालसम्म एकदिन भेटिएका संक्रमितका यो सबैभन्दा धेरै संख्या हो । यसअघि ६ सेप्टेम्बरमा ९१ हजार ७ सय २३ नयाँ संक्रमित भेटिएका थिए ।

दिल्लीमा बुधबार ४ हजार ३९ नयाँ संक्रमितको पहिचान भएको हो । यससँगै यहाँ संक्रमितको संख्या दुई लाख पार भएको छ ।