
काठमाडौँ । सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ ।
आईतवार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको बताउनु भयो । उहाँले विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको बतउनु भयो ।
हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत भएको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको बताउनु भयो । जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पु¥याउने तथा वातावरणीय क्षति न्युन गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक भएको बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘नेपाल अहिले जलवायु परिवर्तन, भूस्खलन, बाढी, पहिरो, माटोको उर्वर शक्ति घट्दै जानु जस्ता समस्या भोगिरहेको छ । यि चुनौतिहरुको समाधानका लागि हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै रैथाने बाली तथा वनस्पतिको संरक्षण एवं प्रवद्र्धन गर्न कोशी, मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाका खालि जमिनमा वृक्षारोपण कार्यक्रम भइरहेको छ । जुन निकै सह्रानिय र खुशीको कुरा हो । वृक्षारोपण कार्यक्रमले कृषि उत्पादन वृद्धिसँगै कृषकको जीवनस्तरमा सुधार, माटोको उर्वराशक्ति पुनःस्थापना, पानीको श्रोत संरक्षण तथा जलवायु परिवर्तनको असर न्युनिकरणमा उल्लेखनिय योगदान पु¥याउने अपेक्षा गरेको छु । स्वदेशी उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ । नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको छ ।’
‘विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ । बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको छ । सम्पूर्ण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत हो । यसले पानीको मुहान सुकाउने र मानिस र जनावरको जीवनयापनमा कठिनाइ सिर्जना गर्ने काम गरिरहेको छ । जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य छ । जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पु¥याउने तथा वातावरणीय क्षति न्युन गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक छ । जलवायु परिवर्तनको समाधानमा जनप्रतिनिधिहरुको भुमिका पनि अपेक्षित छ ।’
सभमुख घिमिरेले क्लाइमेट पाल्र्यामेण्ट जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमार्फत संघीय सांसदहरुले जलवायु नीति निर्माण, नविकरणीय उर्जाको प्रवद्र्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेको बताउनु भयो । नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानून निर्माण तथा हरित बजेट परियोजनाका कार्यहरु संसदमार्फत अघि बढिरहेको बताउनु भयो । वृक्षारोपण गर्दा भरसक फलफूलका बिरुवाहरु रोप्न प्राथमिकता दिन आग्रह गर्नुभयो ।