२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना



अ+ अ-

रामपुर । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताउनुभयो ।

राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेकोे उहाँको उहाँको कथन छ ।

विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उहाँले बताउनुभयो । केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको खबरदारी गर्दै आएको बताउनुभयो ।