११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

शनिवार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको बिरोध पनि गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरु मिलेर बनएको सरकार ढालेर काँग्रेससँग मिलेर सरकार बनाएको बताउनु भयो ।

प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र)का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएको आरोप लगाउनु भयो । उहाँले नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरु तयार रहेको बताउनु भयो । संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले तपाईंले सुन्नुभयो, अध्यादेशको कुरा । अध्यादेश ६÷६ वटा अध्यादेश ल्याइयो । हुनतः त्यो भन्दा पहिला पनि तपाईंहरुले सुन्नुभयो, एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो । बदल्नुपर्ने कारण के थियो रु त्यसको औचित्य के थियो । दुई वटा कम्युनिष्ट पार्टी मिलेर सरकार चलाइरहेको अवस्थामा त्यो सरकार हटाउनुपर्ने कारण के परेको थियो ।

प्रधानमन्त्री पद नै चाहिएको थियो भने प्रचण्डजीसँग कुरा गरेको भए त्यो पद पनि दिनुहुन्थ्यो की क्या हो बार्गेनिङ गरेको भए । नछोडेको भए हामीलाई पनि भनेको भए, फेरि एउटा प्रधानमन्त्रीको संख्या थप्नु छ भनेको भए बनाइदिनुस् भनेको भए मान्थ्यौँ होला । त्यही प्रधानमन्त्री बनेर दुनियाँ ठग्नको लागि संविधान संशोधन गर्नुछ भनेर गफै हाँक्ने हो भने त्यो गफको के काम रु अब संविधान संशोधनको विषय पनि ०८७ को विषय बन्यो । अब ०८४ देखि चुनाव हुनेकुरा सुनेका छौँ । ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचको अवधिमा को हुने हो प्रधानमन्त्री रु यसको केही छ जवाफ रु मुखबाट त्यो निस्किएको हो की नबोल्नुपर्ने कुरा । अर्थात वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्नेकुरामा गम्भीर हुनुहुन्न ।

उहाँ वास्तवमा देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि होइन, कसरी हुन्छ, सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएर लाग्नुभएको छ । यसले हाम्रो देशको भविष्यलाई बढो संकटग्रस्त बनाएर जाने सम्भावना छ । उहाँहरुले अहिले नयाँ भाष्य ल्याएको छ । नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्छ । भन्नुको मतलव दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ ।

बहुदलीय व्यवस्था होइन । त्यसो भए उहाँहरुको एजेण्डा संविधान संशोधन गरेर बहुदलीय होइन, दुई दलीय शासन प्रणाली स्थापित गर्ने कुरा राख्नुभएको छ की । हामी त्यो पर्खिएर बसिरहेका छौँ । उहाँहरु त्यो घोषणा गर्न गइरहनुभएको छ भने आउनुस् आउनुस्, सामना हामी गर्दछौँ । संख्याको मात लागेको छ भने हाम्रो छिमेकी देशहरुको घटना हेर्नुस्, सम्झनुस् । संख्याले मात्रै केही गर्दैन, संख्याको मात लाग्यो भने त्यसको दुरुपयोग गर्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उभिन्छन् ।’

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताउनु भयो । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गर्नुभयो । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरु तयार रहेको बताउनु भयो ।