२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् बिहानै ग्रीन टी पिउनुका फाइदा



अ+ अ-

काठमाडौँ। ग्रिन टी पानीपछि सबैभन्दा बढी उपभोग गरिने पेयमा पर्छ । स्वस्थ रहन र तौल घटाउन भन्दै धेरै मानिसहरु ग्रीन टी सेवन गर्छन् । अफिस, घर र कतिपटक त साथीहरुसँग आउटिङमा पनि मानिस ग्रीन टी पिउने गर्छन् ।

जाडोमा दिउँसो समेत ग्रीन टी खानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । कतिपय व्यक्तिहरु त डाइटिङका लागि समेत ग्रीन टीको सेवन गर्ने बताउँछन् । ग्रीन टीका फाइदाहरु त धेरै छन् ।

धेरैलाई ग्रीन टी बिहान खानु हुन्छ कि हुँदैन भन्ने अन्योल हुन्छ । बिहान खाली पेटमा ग्रीन टीले सबैलाई फाइदा गर्छ भन्ने छैन । कतिले यो खाली पेटमा पचाउन सक्दैनन् । केहीलाई समस्या पनि देखिन सक्छ । ग्रीन टीमा थिएनीन नामक कम्पाउन्ड पाइन्छ । जसले निद्रा लाग्न सहयोग गर्छ । यसले तपाईंको निद्रा गुणस्तर बनाउँछ । यसले तपाईंको मस्तिष्कमा तनावसँग सम्बन्धित हर्मोन र न्यूरोनलाई नियन्त्रण गर्छ, जसले गर्दा तपाईंले राम्रो निद्रा पाउन सक्नुहुन्छ ।

यस्ता छन् फाइदाहरु

ग्रीन टीले हाम्रो तौल कम गर्न सहयोग पुर्‍याउँछ ।

ग्रीन टी उमेर बढाउन तथा तनाव कम गर्न पनि उपयोगी मानिन्छ । त्यसो त छाला र केशका लागि पनि ग्रीन टीले सकारात्मक कार्य गर्दछ ।

ग्रीन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ ।

ग्रीन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको चाउरीपनालाई समेत हटाउँछ ।

साथै ग्रीन टीले उच्च कोलेस्ट्रोल, हृदय सम्बन्धी समस्याहरू र टाइप २ मधुमेहको समस्याबाट पीडित मानिसहरूका लागि पनि राम्रो मानिन्छ ।

ग्रिन टीमा पाइने पोलिफेनलले ट्युमर घटाउन मद्दत गर्छ र पराबैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ ।

ग्रिन टी उपभोग बढी हुने देशमा क्यान्सरको दर पनि कम भएको पाइएको छ ।

कस्ताले ग्रिन टी सेवन गर्नुहुँदैंन

निद्राको समस्या भएका

चिन्ताग्रस्त, अरुची, पेटको गडबडी भएका

उत्तेजक औषधि लिएका, मुटुको समस्या

उच्च रक्तचाप भएका,

मुटु तथा मृगौलाको समस्या भएका

पेटको अल्सर भएका तथा दुध चुसाई रहेका महिलाहरुले ग्रिन टी सेवन गर्नु हुँदैंन ।

उत्तेजक औषधि लिइरहेकाहरुले ग्रिन टी सेवन गर्दा रक्तचाप र मुटुको चाल बढ्न सक्छ