२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् बिहानै ग्रीन टी पिउनुका फाइदा



अ+ अ-

काठमाडौँ। ग्रिन टी पानीपछि सबैभन्दा बढी उपभोग गरिने पेयमा पर्छ । स्वस्थ रहन र तौल घटाउन भन्दै धेरै मानिसहरु ग्रीन टी सेवन गर्छन् । अफिस, घर र कतिपटक त साथीहरुसँग आउटिङमा पनि मानिस ग्रीन टी पिउने गर्छन् ।

जाडोमा दिउँसो समेत ग्रीन टी खानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । कतिपय व्यक्तिहरु त डाइटिङका लागि समेत ग्रीन टीको सेवन गर्ने बताउँछन् । ग्रीन टीका फाइदाहरु त धेरै छन् ।

धेरैलाई ग्रीन टी बिहान खानु हुन्छ कि हुँदैन भन्ने अन्योल हुन्छ । बिहान खाली पेटमा ग्रीन टीले सबैलाई फाइदा गर्छ भन्ने छैन । कतिले यो खाली पेटमा पचाउन सक्दैनन् । केहीलाई समस्या पनि देखिन सक्छ । ग्रीन टीमा थिएनीन नामक कम्पाउन्ड पाइन्छ । जसले निद्रा लाग्न सहयोग गर्छ । यसले तपाईंको निद्रा गुणस्तर बनाउँछ । यसले तपाईंको मस्तिष्कमा तनावसँग सम्बन्धित हर्मोन र न्यूरोनलाई नियन्त्रण गर्छ, जसले गर्दा तपाईंले राम्रो निद्रा पाउन सक्नुहुन्छ ।

यस्ता छन् फाइदाहरु

ग्रीन टीले हाम्रो तौल कम गर्न सहयोग पुर्‍याउँछ ।

ग्रीन टी उमेर बढाउन तथा तनाव कम गर्न पनि उपयोगी मानिन्छ । त्यसो त छाला र केशका लागि पनि ग्रीन टीले सकारात्मक कार्य गर्दछ ।

ग्रीन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ ।

ग्रीन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको चाउरीपनालाई समेत हटाउँछ ।

साथै ग्रीन टीले उच्च कोलेस्ट्रोल, हृदय सम्बन्धी समस्याहरू र टाइप २ मधुमेहको समस्याबाट पीडित मानिसहरूका लागि पनि राम्रो मानिन्छ ।

ग्रिन टीमा पाइने पोलिफेनलले ट्युमर घटाउन मद्दत गर्छ र पराबैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ ।

ग्रिन टी उपभोग बढी हुने देशमा क्यान्सरको दर पनि कम भएको पाइएको छ ।

कस्ताले ग्रिन टी सेवन गर्नुहुँदैंन

निद्राको समस्या भएका

चिन्ताग्रस्त, अरुची, पेटको गडबडी भएका

उत्तेजक औषधि लिएका, मुटुको समस्या

उच्च रक्तचाप भएका,

मुटु तथा मृगौलाको समस्या भएका

पेटको अल्सर भएका तथा दुध चुसाई रहेका महिलाहरुले ग्रिन टी सेवन गर्नु हुँदैंन ।

उत्तेजक औषधि लिइरहेकाहरुले ग्रिन टी सेवन गर्दा रक्तचाप र मुटुको चाल बढ्न सक्छ