मोरङ। विराट अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपका फाइनल खेल आज हुने भएका छन्।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित चौथो विराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक टोली बिराट भेट्रान ए र बी आमने सामने हुने भएका छन् ।
शुक्रबार नगरको सुकुना खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा विराट भेट्रान एले दुधे भेट्रान, झापालाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनलमा विराट भेट्रान बीले पूर्वाञ्चल भेट्रान, झापालाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
विराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख एक हजार १११ रुपैयाँ हात पार्नेछ। उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपमा स्वदेशका ८ तथा विदेशका २ गरी भेट्रान टिमको सहभागिता रहेको छ।










