२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बाल यौन दुरूपयोगमा मदन राईलाई दुई वर्ष छ महिना कैद सजाय

बाल यौन दुरूपयोगमा मदन राईलाई दुई वर्ष छ महिना कैद सजाय
अ अ+ अ-

खोटाङ। बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ। साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले आज सजाय निर्धारण गरेको हो।

यही माघ १० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैदका साथै रू एक लाख जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिए। यस्तै, पीडित किशोरीलाई रू एक लाख ५० हजार क्षतिपूर्ति दिन सजाय फैसला भएको अदालतले जनाएको छ।

कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्)फाउण्डेशनका किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो। बाल यौन दुरूपयोग कसुरमा अदालतले कृषिविज्ञ राईलाई माघ १० गते कसुर ठहर गरेको थियो।

फाउण्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई विसं २०८० वैशाख २९ गते पक्राउ परेका थिए। आरोपित कृषिविज्ञ राई मुद्दाको फैसला नभएसम्म फाउण्डेशनमा जान नपाउनेगरी विसं २०८० जेठ २२ गते रू चार लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए।

आरोपित कृषिविज्ञ राईविरूद्ध विसं २०८० जेठ–२१ गते जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा बाल यौन दुरूपयोगसम्बन्धी अभियोगपत्र दायर गरेको थियो। जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा कृषिविज्ञ राईलाई तीन वर्ष कैद र रू ७५ हजार जरिवाना माग गरिएको थियो।

कृषिविज्ञ राईको पहलमा वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभम् फाउण्डेशनमा करिब एक सय ५० विद्यार्थी अध्ययनरत छन्। वस्तुगत सीप र व्यावहारिक शिक्षासहित पठनपाठन हुँदै आएको फाउण्डेशनले नेपालमा छुट्टै पहिचानसमेत बनाएको छ।

फाउण्डेशनका संस्थापक कृषिविज्ञ राईलाई अदालतले बाल यौन दुरूपयोग कसुरमा दोषी ठहर गरेर कैद सजायका साथै जरिवानासमेत तोकेपछि फाउण्डेशन परिवार चिन्तित बनेका छन्। प्रतिवादी कृषिविज्ञ राईतर्फबाट दुई वरिष्ठसहित १४ जना कानुन व्यवसायी र वादी सरकारकातर्फबाट दुई जना सरकारी वकिलले थुनछेक बहस गरेका थिए।

फाउण्डेशनका संस्थापक रहेका ७५ वर्षीय कृषिविज्ञ राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए। यौन शिक्षाका नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक कृषिविज्ञ राईको चौतर्फी आलोचना हुँदै आएको थियो। रासस