२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छः अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदको माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा लागेका आरोप लगाउनु भयो । उहाँले अध्यादेश ल्याउनै पर्नेगरी राष्ट्रलाई के संकट परेको थियो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले राजनीतिक दलहरुको यही नीति, व्यवहार र चरित्रले मुलुकको अर्थतन्त्र नसुध्रिने समेत जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसद बोलाएर संसदको माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ । संसद नबोलाउने अध्यादेशबाट देश चलाउन खोज्ने?यो उल्टो बाटो भएन ? अध्यादेश ल्याउनुपर्ने कारण नेपाली जनतालाई बताउनु पर्यो नि । राष्ट्रको अगाडि के संकट थियो? बाढी आएको थियो कि भूकम्प आएको थियो कि विदेशीले आक्रमण गरेको थियो कि ?संसद बस्नै नसक्ने अवस्थामा पो अध्यादेश ल्याउने हो । राजनीतिक पार्टीहरुको यो चरित्रले, यो व्यवहारले र यो नीतिले देशको अर्थतन्त्र सुघ्रिन्छ ?’

प्रमुख राजनीतिक दलका नेताहरुकै कारण मुलुकको विकास हुन नसकेको उहाँको आरोप छ ।