१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२०आई शृंखलामा नेपाल जितविहीन, सिरिज थाइल्याण्डलाई



अ+ अ-

काठमाडौँ । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ ।

शुक्रबार भएको अन्तिम खेलमा थाइल्याण्डसँग ७ विकेटले पराजित भएसँगै नेपालले जितविहीन बन्दै प्रतियोगिता सकाएको हो ।

नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले २ तथा पुजा महतोले १ विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले १–१ विकेट लिए ।

यस जितसँगै थाइल्याण्डले शृंखलाको उपाधि पनि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकाल्यो ।