१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर ८१ रन जोडेको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् भने कविता जोशीले १४ रन बनाइन् । यस्तै राजमती ऐरीले ११ रन बनाउँदा कप्तान इन्दु बर्माले १० रनको योगदान दिइन् ।

जारी प्रतियोगितामा नेपाल पाँच खेलमा जीतविहिन छ । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्यान्ड भने यो खेल जितेर उपाधि जित्ने लक्ष्यमा छ । थाइल्यान्डले पाँचमध्ये ४ खेल जितेको छ भने अर्को टोली नेदरल्यान्ड्सले ६ मध्ये ४ खेल जितेको छ ।