काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शेरा दरबारको जग्गा प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् ।
अध्यक्ष प्रचण्डले हिजो बिहिबार संसदको रोष्टममा उभिएर शेरा दरबारको जग्गा प्रकरणमा आफ्नो नाम जोडिन्छ भने आफूबाटै छानबिन सुरू गर्न सरकारलाई चुनौति दिएका थिए । ‘शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरू गरौं र मबाट सुरू गरौं ।’ उनले भनेका थिए ।
यसको जवाफमा एमालेका उपमहासचिव समेत रहेका रिमालले भनेका छन्, ‘शेरा दरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंगसहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि हैन र ? सिआईबीको छानबिन पछि अहिले त्यो जग्गा सरकारको नाममा ल्याउने प्रक्रियामा छ । संसदमै प्रश्न उठाउनु भएकोले मात्र यति जानकारी दिएको हो है ।’









