११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापसे गरेका अनेरास्ववियुका विद्यार्थी नेताबाट कुटिए प्रहरी



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । काठमाडौँको ठमेलमा बिहीबार राति ड्युटीमा रहेका दुई जना प्रहरीमाथि हातपात भएको छ ।

एमाले निकट अनेरास्ववियुका नेताहरुले ठमेलस्थित अमृत साइन्स क्याम्पस अस्कलमा प्रहरीमाथि नै कुटपिट गरेका हुन् ।

प्रहरी वृत्त दरबारमार्गबाट मोटरसाइकलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र विष्टमाथि हातपात भएको दरबारमार्ग प्रहरीले जनाएको छ । हातपात गर्नेहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

हातपात गर्नेहरुमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी, रमेश फुलारा, गणेश शाही, दिनेश सिग्देल, गोपालजंग शाहीलगायत ६ जना रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा ड्युटीमा गएका प्रहरीले मापसे गरेर होहल्ला गर्दै हिँडेका विद्यार्थी नेताहरुलाई सम्झाउन खोज्दा उल्टै आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सिसिटिभी फुटेज मगाएर अनुसन्धान सुरु गरिएको छ । आक्रमण गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।