३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज थाइल्याण्डसँग अन्तिम खेल खेल्दै नेपाल



अ+ अ-

काठमाडौं। त्रिकोणात्मक महिला टी२० क्रिकेट सिरिजमा आज नेपाल र थाइल्यान्ड भिडदैछन्।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। जारी सिरिजमा लगातार ५ खेलमा पराजित भएको घरेलु टोली नेपाल सान्त्वना जितको खोजीमा मैदान उत्रिँदैछ। नेपालविरुद्धका अघिल्ला दुवै खेल जितेको थाइल्याण्ड आज पनि जित निकाल्ने लक्ष्यमा हुनेछ।

तर, पाँचमध्ये चार खेल जितेको थाइल्यान्ड भने आजको खेलमा पहिलाको दुई खेलमा झैँ पराजित गर्ने सुरमा देखिन्छ।  जारी सिरिजमा पाँच खेल खेलेको थाइल्यान्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा छ खेलमा समान अंक रहेको नेदरल्यान्ड्स रनरेटका आधारमा दोस्रो स्थानमा छ।

एक खेलमा पनि जित निकाल्न नसकेको नेपाल अंकविहीन हुँदै तालिकाको पुच्छारमा छ। अंकतालिकाको शीर्ष स्थानमा रहेको टोलीले उपाधि उचाल्नेछ।