
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले अध्यादेशलाई पार्टीका सांसदहरूले अध्ययन गरिरहेको जनाएको छ ।
जसपा नेपालले अध्यादेशबारे अध्ययन गर्न गठन गरेको कार्यदलले अध्यक्ष यादवलाई यसअघि नै प्रतिवेदन बुझाएको थियो । अध्यक्ष यादवका नीजि सचिव महेश चौरसियाले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै उक्त प्रतिवेदनमाथि अध्ययन जारी रहेको बताएका हुन् ।
‘प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश पेस नगरी कार्यसूचीबाटै हटाइएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे औपचारिक निर्णय नगरी थप अध्ययन र छलफल गरी संसदीय दलको अर्काे बैठकमा देश र राष्ट्रहीत हुनेगरी ठोस् निर्णय जानकारी गराउन चाहन्छौँ,’ चौरसियाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष यादवबारे अतिरञ्जित, मनगढन्ते र प्रायोजित ढंगले आइरहेका समाचार र सूचना गलत रहेको विज्ञप्तिमा उल्लेख छ ।