४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक- कमल थापा

पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक- कमल थापा
फाईल फोटो
अ+ अ-

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्ताबप्रती राप्रपा अनुदार देखिनुलाई आफुले आश्चर्यजनक रुपमा लिएको बताएका छन् ।

आज पार्टीको लुम्बिनी, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पदाधिकारी,सदस्य र जिल्ला अध्यक्षहरिसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले अहिले एक -एक ब्यक्तीको पनि महत्व र आबश्यकता भएको बेलामा सबै बिचार मिल्ने पार्टी ,समूह, अभियान एक ठाउँमा बसौ भन्दा राप्रपाले यो बिषयलाई प्राथमिकता नदिनु अचम्मको रहस्य भएको समेत बताए ।

“उहाँहरुको आफ्नो केही आन्तरिक समस्या पनि हुन सक्ला, अब त्यो हामिले जान्ने कुरा भएन”थापाले भने । राप्रपासङ्ग तत्काल एकता हुन नसकेता पनि एजताको ढोकालाई खुल्ला राख्दै अब बिचार मिल्ने अन्य अभियान ,समूह र पार्टीसङ्ग छलफल गरेर राप्रपा नेपाल आन्दोलनमा जाने उनले स्पष्ट पारे ।

“सिद्धान्त केन्द्रित भएर इमानदारीपुर्बक आन्दोलनमा जान तयार हुने सबैसङ्ग छलफल गर्छौ र आन्दोलनमा जान्छौ, अहिले एजेन्डा स्थापित गर्ने अनुकुल समय छ”- उनले भने । बेरोजगारी ,धर्म परिबर्तन ,आर्थिक मन्दी जस्ता डरलाग्दो समस्या यो ब्यबस्था र प्रणालीले सामना गर्न नसक्ने भन्दै थापाले धार्मिक आस्था र बिश्वासमाथी हमला गर्दै धर्म संस्कृती र पहिचानलाई कमजोर बनाउने बिदेशी पैसाको प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्दै थापाले छानबिन र कार्बाहिको समेत माग गरे ।

सो अबसरमा उनले संगठन र आन्दोलनलाई सङ्गै लैजानु पर्ने भएकोले बिषयको गाम्भिर्यतालाई बुझेर काम गर्न भर्चुअल बैठकमा सहभागी नेता कार्यकर्तामा आग्रह समेत गरे ।