१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेशः स्वास्थ्यमन्त्री पौडेल

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेशः स्वास्थ्यमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले । पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा राखि कार्यान्वयनमा आएको बताउनुभएको हो । योसँगै राष्ट्रिय खोप तालिकामा ११ वटा खोपहरु समावेश गरिएको मन्त्री पौडेलले बताउनु भयो ।

उहाँले नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र ४ जना महिलाको यही रोगको कारण मृत्यु हुने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको उल्लेख गर्दै यसको यसको न्युनिकरणका लागि निश्चित लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले डब्लुएचओले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पु¥याएर निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिएर सन् २०३० सम्ममा यो खोपको कभरेज कम्तिमा ९० प्रतिशत पुर्याउने रणनीति निर्धारण गरेको बताउँदै त्यही रणनीतिको आधारमा सरकार अघि बढिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने संख्या हरेक वर्ष उच्च रहेको छ । नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने ४ जना महिलाको यो रोगबाट मृत्यु हुन्छ । नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको छ । डब्लूएचओले पाठेघरको मुखको क्यान्सरलाई जनस्वस्थ्य समस्याको रुपमा नरहने अवस्थामा पुर्याएर निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिएर सन् २०३० सम्ममा यो खोपको कभरेज कम्तिमा ९० प्रतिशत पुर्याउने रणनीति निर्धारण गरेको छ । पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्नको लागि बनेको विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै नेपालले राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एचपिभी खोप सिफारिस भई कार्यान्वयनमा आएको छ । लामो इतिहास बोकेको नेपालको खोप कार्यक्रम २०३४ सालमा दुईवटा रोग विरुद्धका दुईवटा खोपबाट सुरु भएको हो । राष्ट्रिय खोप तालिकामा हाल ११ वटा खोपहरु समावेश गरिएका छन् । यसबाट विभिन्न १४ वटा रोगबाट सुरक्षा प्रदान भएको छ ।’

उहाँले विश्वमा रहेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको बताउनु भयो । उहाँले सन् २०३० सम्ममा यो संख्या वृद्धि भएर ७ लाखसम्म पुग्ने अनुमान गरिएको समेत उल्लेख गर्नुभयो ।