१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.76

Wind: 4.12

Humidity: 34

तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ: कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेश जनता समाजवादी नेपालसहितको समर्थनमा संसदबाट पारित हुने दाबी गरेको छ ।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् ।

‘प्रतिनिधिसभामा केही समस्या छैन । जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ,’ उनले भने, ‘अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ ।’

संसदीय दलको बैठकअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्तामा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको घिमिरेले बताए । ‘कांग्रेससंग छलफल हुँदा समर्थन गर्न सकरात्मक हुनुहुन्छ । यो अध्यादेशलाई विरोध गर्नुपर्ने कुरा कारण छैन’, उनले भने ।