९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक पहिरो (अपडेट): एक जनाको शव भेटियो, १७ जनाभन्दा बढी बेपत्ता



अ+ अ-

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ७, घुम्थाङको नागपुजेमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। गएरातिको अविरल वर्षासँगै माथिबाट आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका १७ जनाभन्दा बढी बेपत्ता भएको र १ जनाको शव भेटिएको स्थानीयले जानकारी दिएका छन्। 

स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्तीका कम्तिमा १७ जना बेपत्ता भएको अनुमान गरिएको छ। पहिरोमा पुरिएका परिवारका कोहि पनि सम्पर्कमा नआएकाले कति बेपत्ता भन्ने एकिन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको सापकोटाको भनाइ छ।  

त्यसैगरी भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानीयले जानकारी दिएका छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे बुझ्न र उद्धारका लागि प्रहरी घटनास्थलतर्फ जाँदै छ। अहिलेसम्म कति घर पुरिएको हो यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलतर्फ आउँदै छन्। उनी काठमाडौंबाट बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन्। अन्नपुर्णपोष्ट दैनिक