२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

एनएचआरसीले आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने

एनएचआरसीले आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने
अ अ+ अ-

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस रोग ९कोभिड–१९० को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक तथा रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ ।

पछिल्लो पटक निकै प्रयोगमा आएको गुर्जो
डा. पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गरिँदै छ । ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइनेछ र ५० जनालाई दिइने छैन,’ उनले भने, ‘त्यसपछि के नतिजा प्राप्त हुन्छ हेरौं । विभिन्न आयुर्वेदिक औषधि प्रयोगमा ल्याएर बिरामी निको भएको पाएका छौं । त्यसैले हामी प्रतिफल राम्रो आउँछ भन्नेमा सकारात्मक छौं ।’

उनका अनुसार कोभिड–१९ का विरुद्धमा प्रयोग भइरहेको नेपालमै पाइने जेठीमधु र त्रिकटु (सुठो, पिप्ला र मरीच) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिले परीक्षणका लागि अनुमति पाएको हो । जेठीमधु र त्रिकटु नै रोज्नुको कारण खुलाउँदै उनले भने, ‘यी औषधिहरू चीनमा पनि परम्परागत औषधिका रूपमा प्रयोग भइसकेका छन् । सार्स रोगको उपचारमा प्रयोग गर्दा यी औषधिमा पाइने रासायनिक तत्त्व ‘ग्लिसिराइजिन’ ले भाइरसलाई मार्न सफल भएको भन्ने अध्ययन पनि छ । यो भाइरस पनि त्यही परिवारअन्तर्गतको हो ।’

डा। पटेलका अनुसार यो औषधि नयाँ भने होइन । ‘सदियौंदेखि प्रयोग हुँदै आएको औषधि हो । घाँटी खसखस गर्दा, रुघाखोकी लाग्ने समस्या यसले निको पार्छ । त्रिकटुले जीउ दुखेमा निको पार्नुका साथै भोक पनि जगाउँछ,’ उनले भने । यी औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीको अवस्था गम्भीर नहोस् भनेर दिइने गरिन्छ । ‘विभिन्न आइसोलेसन र आयुर्वेदिक अस्पतालमा यी औषधिको प्रयोगले बिरामीमा सकारात्मक प्रभाव पनि देखिएको छ । प्रदेश १, २, ५ आदिमा यो प्रयोग भइरहेको छ,’ उनले भने । आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदिक औषधिले कोभिड–१९ निको पार्छ भनेर ग्यारेन्टी गरिएको छैन । तर, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भने बढाउँछ । ‘राम्रोसँग जडीबुटी औषधिहरू प्रयोग गर्दा शरीरलाई फाइदा हुन्छ । भान्सामा सजिलै पाइने बेसार, मरीच, अदुवा, गुर्जो लाभदायक हुन् । सजिलैसँग त्रिकटु पाइने हुनाले यो औषधि सिफारिस गरिएको हो,’ उनले भने, ‘यो औषधि कोरोनाका बिरामीलाई सुरुवातदेखि नै चलाइराखिएको हो, अहिले वैज्ञानिक अभिलेखीकरणका लागि ट्रायल गर्न लागिएको हो ।’

राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका निर्देशक डा. रामआधार यादवले पनि कोभिड–१९ को उपचारका लागि प्रमाणित औषधि बनिनसकेको भए पनि आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने दाबी गरे । ‘हामीले आयुर्वेदिक अस्पतालमा हालसम्म ५ सय ७० जना संक्रमितको उपचार गरिसकेका छौं । जसमा ३ सय ५० जना निको भएर गइसकेका छन्,’ उनको दाबी थियो, ‘हामीले नियमित आयुर्वेदिक औषधिका साथै खानपान, योग तथा परामर्श पनि दिने गरेका छौं ।’ लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा। नलीनाथ तिवारीले पनि बुटवलस्थित एन्फा आइसोलेसन सेन्टरमा रहेका संक्रमित आयुर्वेदिक औषधिले निको भइरहेको दाबी गरे । आइसोलेसनमा लक्षण नभएका बिरामीहरू छन् । ‘उनीहरूलाई बिहान योग गराउने, गुडुची, च्यवनप्रास नियमित खुवाउने गरिएको छ । भर्ना भएका कसैमा पनि गम्भीर अवस्था देखिएको छैन । सबैलाई लाभ नै भएको छ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा वैकल्पिक चिकित्सा विभागले कोभिड–१९ का लागि बनाएको निर्देशिकामा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीहरूको नियमित सेवन गर्न भनेको छ । गुर्जो, असुराको पात, बेसार, सुठो, मरीच, पिप्ला, तुलसीको पात, तेजपात, दालचिनी सेवन गर्ने र दैनिक योग गर्न पनि सुझाइएको छ । हालसम्म कोभिड–१९ को खोप र औषधि तयार भएको छैन, परीक्षणकै क्रममा छन् । तर, विश्वमा यस रोगविरुद्ध आयुर्वेदिक औषधि प्रयोगमा ल्याउन स्वीकृति भने दिइएको छैन । केही समयअघि बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले कोभिड–१९ को औषधि दाबी गर्दै ‘कोरोनिल’ बजारमा ल्याएको थियो । तर, भारत सरकारले त्यसको विज्ञापन तथा बिक्रीवितरणमा रोक लगाएको थियो । यसै क्रममा नेपालमा भने एनएचआरसीले संक्रमितमा आयुर्वेदिक औषधिको प्रयोग गरेर अध्ययन कार्य अगाडि बढाएको छ ।

धेरै जनामा अहिले आयुर्वेदिक औषधिप्रतिको विश्वास बढेको पाइन्छ । कोभिड–१९ निको भएर घर फर्किएकाले पनि आइसोलेसनको बसाइमा घरमै पाइने जडीबुटी सेवन गरेर लाभ लिएको दाबी गर्ने गरेका छन् । बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँगको विशेष छलफलमा आयुर्वेदको प्रयोग बढाउन जोड दिएका थिए । कान्तिपुर दैनिक