२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

कोरोना भाइरस बारे २३ वटा अध्ययन गर्दै एनएचआरसी

कोरोना भाइरस बारे २३ वटा अध्ययन गर्दै एनएचआरसी
अ अ+ अ-

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोभिड–१९ को उपचार, रोकथाम, नियन्त्रण तथा प्रभावबारे विभिन्न २३ प्रकारका अध्ययन–अनुसन्धान गरिरहेको छ । परिषद्का सदस्य सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार हालसम्म सातवटा अध्ययन भने पूरा भइसकेको छ भने ९ थरी अध्ययन तथा अनुसन्धान जारी छ । सात प्रकारका अनुसन्धान अनुमोदन हुने प्रक्रियामा छन् । यसका साथै निजी तथा संस्थागत रूपमा कोभिड–१९ बारे अध्ययन तथा अनुसन्धानका लागि पनि करिब १४० वटा विषयमा एनएचआरसीले अनुमति दिएको छ ।

एनएचआरसीका कार्यकारी प्रमुख डा. ज्ञवालीका अनुसार अध्ययन पूरा भइसकेका सातवटा अध्ययनमध्ये तीनवटा प्रकाशित भइसकेका छन् भने चारवटा प्रकाशनको अन्तिम तयारीमा छन् । एनएचआरसीले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको नतिजालाई आरटी–पीसीआरको नतिजासँग गरेको तुलनात्मक अध्ययन प्रकाशित गरिसकेको छ । यस्तै नेपालमा कोभिड–१९ को उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थाहरूको तयारी अवस्था, काठमाडौं उपत्यकामा कोभिड–१९ को रोकथामका लागि सर्वसाधारणले एसएमएस (सामाजिक दूरी, मास्क र सेनिटाइजर) को पालना गरे नगरेको बारे पनि अध्ययन पूरा गरी प्रतिवेदन प्रकाशित भइसकेको छ ।

यस्तै अनलाइन सञ्चारमाध्यममा कोभिड–१९ का समाचार प्रकाशन, विदेशबाट नेपाल फर्किएकामा कोभिड–१९ का लक्षण, कोभिड–१९ बारे सर्वसाधारणको बुझाइ र प्रतिक्रिया, कोभिड–१९ महामारीमा स्वास्थ्यकर्मीहरूमा तनाव, बेचैनी, निराशा र तीसँग सम्बन्धित अन्य सहायक तत्त्वहरूका बारेमा गरिएको अनलाइन सर्भेको अन्तिम प्रतिवेदन भने प्रकाशनको तयारीमा छन् । परिषद्को नेतृत्वमा हाल केही महत्त्वपूर्ण अध्ययनहरू प्नि भइरहेका छन् । जसमा अति गम्भीर बिरामीमा रेमडेसिभिर र कन्भोलेसेन्ट प्लाज्मा थेरापीको प्रयोग गरेर उपचार, क्वारेन्टाइनले व्यक्तिको मनोविज्ञानमा पारेको असर, मध्यम लक्षण भएका संक्रमितहरूको व्यवस्थापनका लागि ‘वाईएएसएच–टी’ (विभिन्न जडीबुटी) को प्रयोग, काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मी तथा तिनका परिवारमा सेरो–इपिडिमियोलोजी अध्ययन, कोभिड–१९ निको भएका व्यक्तिहरूमा परेका असर, हाल कोभिड–१९ विरुद्धको प्रतिकार्यको समीक्षा तथा विश्लेषण र नेपालमा भेटिएका कोरोना संक्रमितहरूमा भेटिएको सार्स–कोभ–२ भाइरसको जिनोम सिक्वेन्सिङ र प्रतिरोधात्मक क्षमताको विश्लेषणबारे पनि अध्ययन भइरहेको छ ।

‘हाल चलिरहेको सातवटा अध्ययनमध्येका केही अन्तिम चरणमा प्रवेश गरिसकेका छन् भने केही भने हाल जारी नै छन्,’ डा. ज्ञवालीले भने, ‘जिनोम सिक्वेन्सिङबारेको अध्ययन धेरैमा अबको दुई सातामा पूरा हुन्छ होला ।’ डा. ज्ञवालीका अनुसार विभिन्न देशबाट आएका संक्रमितहरूबाट भाइरसको नमुना संकलन गरेर गरिएको जिनोम सिक्वेन्सिङको अध्ययन पूरा भइसकेको छ । तर, त्यसलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा ‘क्रसचेक’ तथा ‘भ्यालिडेट’ गर्नका लागि नमुनाहरूलाई हङकङस्थित प्रयोगशालामा पठाएर परीक्षण गर्न लागिएको छ । ‘हामीले नेपालमा गर्नुपर्ने अध्ययन सकाइसकेका छौं,’ उनले भने, ‘तर हङकङमा पठाएर ती नमुनाको पुनः परीक्षण गरेर त्यहाँको रिपोर्टले के भन्छ भनेर पनि दाँजेर हर्ने काम गर्न बाँकी छ । त्यसका लागि नमुना हङकङ पठाउनुपर्छ । अति जोखिमयुक्त वस्तु भएकाले छुट्टै नियमहरू हुँदो रहेछ । त्यसैको व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’

यस्तै एनएचआरसीले प्रधानमन्त्री ओलीको सबैभन्दा बढी जोड रहेको विभिन्न आयुर्वेदिक औषधिहरूको पनि वैज्ञानिक अध्ययन गर्न लागिएको जानकारी पनि डा. ज्ञवालीले दिए । उनका अनुसार जडीबुटीबारेका अध्ययन पूरा हुन भने अझै केही समय लाग्नेछ । एनएचआरसीले कोभिड–१९ बाट सुरक्षित राख्न भिटामिन–डी भूमिकाको र्‍यान्डमाइज्ड कन्ट्रोल ट्रायल विधिबाट अध्ययन गर्ने योजना बनाएको छ । यस्तै कोभिड–१९ को उपचारमा एन्टिभाइरल औषधिको प्रभावबारे पनि र्‍यान्डमाइज्ड कन्ट्रोल ट्रायल विधिबाट अध्ययन गर्ने योजना एनएचआरसीको छ । सामान्य रूपमा बुझ्दा यो विधिमा केही निश्चित संख्याका बिरामीलाई अध्ययन गर्न लागिएको औषधि वा उपचार पद्धतिको प्रयोग गरिन्छ भने सोही प्रकारको अवस्था भएका निश्चित संख्याका बिरामीलाई भने सो औषधि र उपचार पद्धति प्रदान गरिँदैन । निकै जटिल मानिने यस प्रकारका अध्ययन प्रतिवेदनको निष्कर्ष सकारात्मक वा नकारात्मक जे भए पनि विश्वभर नै मान्यता प्राप्त गर्छ ।

डा. ज्ञवालीका अनुसार एनएचआरसीले गरिरहेको र आगामी दिनमा गर्ने विभिन्न कोभिड–१९ सँग सम्बन्धित अध्ययनका लागि स्वदेश तथा विदेशमा रहेका विज्ञहरूसँग समन्वय गरिरहेको छ । ‘हामीले स्वदेश तथा विदेशमा रहेर चिकित्सकीय अध्ययनको लामो अनुभव बटुलेका विज्ञहरूसँग पनि सहयोगका लागि निरन्तर सम्पर्क गरिरहेका छौं,’ उनले भने, ‘यसमा भाइरोलोजिस्ट, इम्युनोलोजिस्ट, इपिडिमियोलोजिस्ट, वैज्ञानिक, फर्मासिस्ट, तथ्यांकविद् सबै हुनुहुन्छ ।’ कान्तिपुर दैनिक