३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद सलाहको ह्याट्रिकमा शान्दार जित



अ+ अ-

लन्डन । मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले इंग्लिस प्रिमियर लिग नयाँ सिजनको आफ्नो पहिलो खेलमा लिड्स युनाइटेडलाई शनिबार ४–३ ले हराएको छ । दोस्रो डिभिजन च्याम्पियनसिप विजेता लिड्सको प्रिमियर लिग विजेता लिभरपुलविरुद्धको खेल बहुप्रतिक्षित थियो र यो सबैको अपेक्षा अनुसार रोमाञ्चक र सनसनीपूर्ण पनि रह्यो । मार्सेलो बिएल्साको लिड्सले १६ वर्षपछि पहिलो पल्ट माथिल्लो डिभिजनमा पुनरागमन गरेको थियो ।

खेलको सुरुआती ३३ मिनेटमा पाँच गोल भएका थिए ।सलाहले पेनाल्टीबाट पहिलो गोल गरेपछि लिड्सका लागि ज्याक ह्यारिसनले बराबरी गोल फर्काए । लगतै भर्जिल भान डाइकले गोल गरे र उनले दिएको पेनाल्टीमा प्याट्रिक बामफोर्डले फेरि लिड्सका लागि बराबरी गरे । सलाहको दोस्रो व्यक्तिगत गोलपछि लिड्सबाट फेरि म्याथुज क्लिचले तेस्रो पल्ट खेल बराबरीमा ल्याए । यस्तोमा सलाहले ८८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे र डिफेन्डिङ च्याम्पियनलाई विजयी सुरुआत दिए ।

शनिबार रातिको अर्को खेलमा न्युकासल युनाइटेडले वेस्ट ह्यामलाई २–० ले हरायो । यस्तै क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍यो ।