४ फाल्गुन २०८१, आईतवार
,
Latest
राजेन्द्र, मुकेश र अनितालाई उपाधि बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा सांसद ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न माग ‘ग्लोबल साउथ’ बीच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा लोकतन्त्रवादी यातायात व्यवसायी संघको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री पौडेलको दाबी : स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ



अ+ अ-

कास्की। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताएका छन् ।

पोखरा महानगरपालिका-१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा हुने क्यान्सरविरूद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित बनाइने बताए। उनले भने, “वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर यसलाई व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ ।”

स्वास्थ्य मन्त्री पौडेलले नेपालमा पाठेघरको क्यान्सरबाट महिलाले ज्यान गुमाइरहेको अवस्थामा अहिलेका किशोरीहरूलाई खोप उपलब्ध गराएर अबदेखि कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर देशभर खोप अभियान सुरु गरिएको जानकारी दिए । उनले क्यान्सर लागेको पत्ता लागि सकेको उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेका लागि निःशुल्क गराउने तयारी सरकारको रहेको मन्त्री पौडेलको भनाइ छ ।

पोखरा महानरपालिका क्षेत्रमा एचपिभी खोप अभियानका क्रममा करिब २३ हजार सात सय ४८ बालिकाहरूलाई खोप लगाइने छ । आगामी फागुन ६ गतेसम्म महानगरका दुई सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा तीन सय ४४ जना स्वास्थ्यकर्मी र छ सय ८८ जना स्वयंसेवकहरू परिचालन गरी खोप कार्यक्रम सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो । वडाध्यक्ष सन्तोष बास्तोलाले वडाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता