२७ असार २०८३, शनिबार
,
Latest
अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुन्डीको ७ लाखसहित पर्सामा एक जना पक्राउ



अ+ अ-

पर्सा। पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका-३ झौवाका ४३ वर्षीय अजयकुमार साह रहेका छन्। साहलाई बुधबार दिउँसो २ बजे वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडक खण्डबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

साहले आफूले लगाएको ट्राकसुटको गोजीमा लुकाएर राखेको सात लाख रुपैयाँ बरामद गरिएको लम्सालले बताए। उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार गर्न नहुने कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।