१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

24.83°C

काठमाडौं

24.83°C

Kathmandu

Feels-like: 23.94

Wind: 3.86

Humidity: 22

तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज थाइल्याण्डसँग खेल्दै



अ+ अ-

काठमाडौं। त्रिकोणत्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

प्रतियोगिताको पाँचौ खेलको समाप्तिसम्म अपराजित रहेको थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल छ । मंगलबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ । जितले थाइल्यान्डलाई भने उपाधि नजिक पुर्‍याउनेछ ।

महिला टी-२०आई वरियतामा थाइल्याण्ड १३औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ । थाइल्याण्ड महिला विश्‍वकप पनि खेलिसकेको टोली हो । शृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।