• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

दश किलो अफिमसहित दुई पक्राउ



राझाँ । प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६।३० मिनेटमा कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् । उनीहरुलाई जाँच गर्ने क्रममा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो ।

आजै जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान रहेको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।