९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन जुवा खेल्ने र खेलाउने २४ जना पक्राउ



अ+ अ-

काठमाडौं। अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० भारतीय र १४ नेपाली नागरिक गरी २४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपास्थित २ वटा घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट मोबाइल ५७ थान, ल्यापटप १३ थान, एटिएम कार्ड ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान समेत बरामद गरेको छ ।

उनीहरूले ३ अर्व ४ करोड ७३ लाख ५६ हजार ६ सय १२ रूपैयाँ बराबरको अनलाईन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।