• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

नेप्सेमा झिनो सुधार



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३।२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ । कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर रु तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ मूल्यमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई रु २० खर्ब ४८ अर्ब बराबरको भएको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २० करोड ४३ लाख आठ हजार ६६८ बराबरको कारोबार भयो । नेपाल बैंक लिमिटेड रु १२ करोड ८४ लाख ४० हजार १६५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५१ लाख ६७ हजार ५६०, नेको इन्स्योरेन्स कम्पनी रु ११ करोड ३४ लाख ६८ हजार २२७ र सूर्या लाइफ इन्स्योन्स कम्पनी रु आठ करोड २४ लाख ८५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर कम्पनी १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९८, रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९६, यूनियन हाइड्रो पावर ९.८६, रिडी हाइड्रोपावर ९.५२ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले  ९.५२ ले कमाए । राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ८.१७, राष्ट्रिय बीमा कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ४.१०, नेपाल सेवा लघुवित्त ३.६५ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.४५ प्रतिशतले गुमाए ।