• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले

चौध टन मानवीय सहायता सामग्री अफगानिस्तान पठाइयो



काठमाडौं । नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान बिहान काबुल प्रस्थान गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताउनुभयो। । खाद्यान्नबाहेकका ती सामग्री करिब १४ टन रहेको मन्त्री खड्काले बताउनुभयो । उहाँले नेपालको इतिहासमा पहिलोपटक आफ्नै प्रयासमा मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको बताउनुभयो । यसबाट विपत्तिका बेला नेपालले मानवीय सहायता सामग्री  पठाउनसक्ने सन्देश दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग लिन्छौँ तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ । यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उच्च तुल्याउन सहयोग पुग्नेछ ।” 

    
सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री व्यवसायीले निःशुल्करुपमा उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिनुभयो। उहाँले सहायता सामग्री अफगानिस्तानसम्म पु-याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि बताउनुभयो । दक्षिण एशियाली राष्ट्रको साझा समस्या भएको र सोही दायित्वअनुरुप आवश्यक मानवीय सहायता जहाजमार्फत पु-याउन लागिएको मन्त्री खड्काले जानकारी दिनुभयो ।

मन्त्री खड्काले अफनानिस्तानको पछिल्लोे समस्याका बारेमा मिडियामा देखे सुनेपछि नै सुरुदेखि नै आफ्नो मनमा यो ‘आइडिया’ आएको र त्यसका लागि विभिन्न कूटनीतिक माध्यमबाट पहल गरी नेपाल सरकार, मन्त्रिपरिषद्मार्फत यो अभियान अघि बढेको जानकारी गराउनुभयो ।

यस कार्यलाई अघि बढाउने सन्दर्भमा नेपालमा रहेका सम्बन्धित विभिन्न देशमा राजदूतसँग परामर्श र छलफल गरी अन्तिम रुप दिएको उहाँले बताउनुभयो । सहयोग सामग्री पठाउँदा विमान प्रस्थानका क्रममा बाटोमा पर्ने मुलुक पाकिस्तान र भारतको ‘एयर स्पेस’ पनि स्वीकृति प्राप्त भइसकेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योगी व्यापार संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत रहेको छ ।