१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ महिला टी–२० विश्वकपः भारत लगातार दोस्रो पटक च्याम्पियन



अ+ अ-

एजेन्सी । भारतले लगातार दोस्रो पटक महिला यू–१९ टी–२० विश्वकपको उपाधि जितेको छ ।

फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो प्रतियोगिता पनि भारतले जितेको थियो ।

क्वालालम्पुरमा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको थियो र २० ओभरमा ८२ रन बनाएर अलआउट भयो ।

जवाफमा भारतीय टोलीले ११.२ ओभरमा १ विकेट गुमाएर ८३ रनको लक्ष्य पुरा गरेको थियो ।

जी त्रिशाले ३३ बलमा ४४ रनको इनिङ खेलिन् । उनले ३ विकेट समेत लिए । त्रिशा फाइनल अफ दी प्लेयर भइन् । उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट समेत घोषित भइन् । त्रिशाले आफ्नो अवार्ड बुवालाई समर्पित गरिन् ।