४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी
अ+ अ-

खोटाङ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा आयोजित कार्यक्रममा कांग्रेसका ८६ कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो ।  नेकपा र कांग्रेसले बतासे र खार्मीमा आयोजना गरेको कार्यक्रमका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएका छन् । स्थानीय तहको निर्वाचनमा बतासेमा तत्कालीन नेकपा एमाले र खार्मीमा कांग्रेसका उम्मेदवारले जितेका थिए । बतासे र खार्मीको उदाहरण हेर्दा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोरेको बदला आगामी निर्वाचनमा जसरी पनि लिने गरी दुवै पार्टी कम्मर कसेर लागेको देखिन्छ । बतासे र खार्मीमा भएको होडबाजी एउटा उदाहरण मात्र हो ।

कोरोना भाइरसको महामारीका बीचमा पनि नेकपा र कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा चुनावी शैलीमा पार्टीगत कार्यक्रम बिनासावधानीपूर्वक गरिरहेका छन् । एकातर्फ कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ, अर्कातर्फ राजनीतिक दलबीचमै जानाजान भीड जम्मा गरेर कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको हो । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीयता जिल्लामा किराँत समुदायको साकेला, हिन्दूधर्मावलम्बीको देवाली, नेवार समुदायको लाखेलगायतका चाडपर्वलाई कम उपस्थितिमा मनाउन लगाइएको थियो । सङ्कटका बेलामा जनस्वास्थ्यको सुरक्षामा अगुवाइ गर्नुपर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ता भने सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गर्न अग्रसर देखिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा आफ्नो तथा नागरिकको स्वास्थ्यमा नेता नै असंवेदनशील देखिएका छन् । नेकपा र कांग्रेस मात्र नभई जनता समाजवादी पार्टीमा पनि ठूलो उपस्थितिमा पार्टीको कार्यक्रम गर्ने, विपक्षी दलका नेता तथा कार्यकर्ता तान्ने  र प्रचार गर्ने होडबाजी चलेको देखिन्छ । राजनीतिक दलका कार्यक्रममा न भौतिक दूरी कायम गरेको देखिन्छ, न त मास्ककै प्रयोग भएको देखिन्छ । राजनीतिक दलकै नेता तथा कार्यकर्ताले बिना सावधानी सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताको चर्को आलोचना भइरहेको छ ।

सरकारले लागू गरेको बन्दाबन्दी खुलेपछि कोरोना भाइरसको सङ्क्रमण बढ्ने खतरा बढेको देखिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै सजगता अपनाउन आग्रह गरेको थियो । न्यूनतम भौतिक दूरी कायम गर्न, मास्क लगाएर हिँड्न, अनावश्यक भीडभाड नगर्न, सेवा प्रदायक निकाय वा संस्थालाई स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न÷गराउन भनिए पनि बेवास्ता भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

पार्टीगत कार्यक्रममा मात्र नभई जिल्लामा हुने अधिकांश कार्यक्रममा हेलचेक्र्याइँ बढ्दो देखिएकाले सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । “कोरोना भाइरसको सङ्क्रमबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचेक्र्याइँ गरिएको पाइएको छ”, उनले भने, “अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न खोपसमेत बनेको छैन । हामीसँग एउटै मात्र विकल्प सावधानी भएकाले हरेक ठाउँमा सावधानी अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।”

पछिल्लो समय जिल्लामा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न बेवास्ता गर्न थालिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न र अनिवार्य मास्क प्रयोग गर्न भनिए पनि सोको पालना हुनसकेको छैन ।