काठमाडौँ । पाँचौ संस्करणको टाइगर कप भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
गण्डकीको टोलीलाई स्तब्ध पार्दै पुरुषतर्फ पुलिसले उपाधि जितेको हो । पुलिस प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्दा गण्डकी भने दोस्रो पटक लगातर उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।
पुलिसले ३–१ को सेटमा गण्डकीलाई हराएको हो । घरेलु मैदानमा दर्शकको भरपूर साथ पाएको गण्डकीलाई पहिलो सेटमा पुलिसले २५–२३ र दोस्रो सेटमा २५–२१ अंकको जित निकाल्यो । तर, तेस्रो सेटमा गण्डकीले २५–२० को पुनरागमन जित निकाल्न सफल भयो । यता, चौंथो सेट भने २५–२२ ले जित्दै पुलिस च्याम्पियन बन्यो ।
महिलातर्फको उपाधि आयोजक टोलीले हात पारेको छ।
टाइगर कपको विजेता महिला तथा पुरुष टोलीले समान पाँच लाख ८५ हजार ५५५ रुपैयाँ हात पारेका छन् ।
उपविजेता टोलीले दुई लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझाए ।