२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने



अ+ अ-

काठमाडौँ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

आईतवार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने बताउनु भयो ।

उहाँले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताउनु भयो । उहाँले क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्ने जानकारी दिनुभयो । मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ नयाँ जानकारी पाउने बताउनु भयो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरुको सहभागिता रहने बताउनु भयो । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको बताउनु भयो । साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो वर्ष क्यान इन्फोटेक २०२५, २०८१ माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना गर्दैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको छ । क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्नेछ ।’

उहाँले सर्वसाधारणको लागि इन्फोटेकमा प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको बताउनु भयो । ज्येष्ठ नागरिक, फरक क्षमता भएका र १० वर्ष मुनिका बालबालिका तथा सरकारी, सामुदायिक विद्यालयको सिफारिसमा सामुहिक अवलोकनमा आउने अवलोकनकर्ताहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताउनु भयो ।