१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदित नारायणले लाइभ शोमा एक युवतीलाई ओठमै किस गरेपछि…



अ+ अ-

काठमाडौँ । गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ । भिडियो लाइभ कन्सर्टको हो, जसमा गायक आफ्ना महिला फ्यानहरूलाई चुम्बन गरिरहेको देखिन्छन् ।

अहिले उनी सो भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेका छन् । महिला फ्यानमाथि गरिएको यो प्रकरणमा मानिसहरुले प्रश्न उठाइरहेका छन् । तर, उदितले भाइरल भिडियोमा आफ्नो स्पष्टीकरण दिएका छन् ।

भाइरल भिडियोमा उदित शोमा फिल्म ‘मोहरा’ को हिट गीत ‘टिप–टिप बरसा पानी’ गाउँदै गरेको देखिन्छ । त्यसपछि केही महिला फ्यानहरू उनीसँग सेल्फी लिन स्टेज नजिक पुग्छन् । उदितले पनि मायापूर्वक उनीसँग सेल्फी लिन्छन् र त्यसपछि उनको गालामा चुम्बन गर्दछन् ।

यसपछि गायक स्टेजको अर्को छेउमा गएर त्यहाँ उभिएको बाउन्सरलाई फ्यानलाई स्टेजको नजिक आउनबाट नरोक्न संकेत गर्छन् । त्यसपछि एक महिला फ्यान स्टेजको नजिक जान्छिन्, जहाँ उदित सेल्फीका लागि स्टेजमा घुँडा टेक्छन् र फोटो खिचेपछि उनको ओठमा चुम्बन गर्छन् ।

भिडियोलाई लिएर हंगामा भएपछि गायक उदित नारायणले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा लामो स्पष्टीकरण दिएका छन् । उनले यसलाई ‘प्रेमको अभिव्यक्ति’ भनेका छन् । उदितले भने– ‘फ्यानहरू धेरै पागल छन् । हामी त्यस्तो होइनौं । हामी सभ्य मानिस हौं । यो कुरा भाइरल बनाएर के गर्ने ? भीडमा धेरै मानिसहरू थिए र हामीसँग अंगरक्षकहरू पनि थिए । तर फ्यानहरूले हामीलाई भेट्ने मौका पाउनु पर्छ जस्तो लाग्छ । त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सब पागलपन हो, यसमा त्यति ध्यान दिनु हुँदैन ।’

गायकले थपे, ‘मेरो परिवारको छवि यस्तो छ कि सबैले विवाद चाहन्छन् । मेरो छोरा आदित्य सधैं शान्त छ । विवादमा आउँदैन । स्टेजमा गीत गाउँदा पागलपन हुन्छ । फ्यानहरूले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होस् । खैर, हामी यस प्रकारका मानिसहरू होइनौं । हामीले फ्यानहरूलाई पनि खुसी पार्नु पर्छ ।’

सामाजिक सञ्जालमा गायकका बारेमा विभिन्न खालका कुराहरु लेखिएका छन् । यसअघि केही मानिसहरूले यो एआई–जेनरेट गरिएको भिडियो भन्दै थिए । भिडियो सेयर गर्दै राहुल कुमार नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘उदित यति निर्लज्ज कसरी हुन सक्छन् ?’

उदित नारायणले ५ पटक फिल्मफेयर अवार्ड पाइसकेका छन् । उनले पहिलो पटक फिल्म ‘कयामत से कयामत तक’ को सुपरहिट गीत ‘पापा कहते हैं’का लागि फिल्मफेयर अवार्ड पाएका थिए । सन् २००९ मा, उदित नारायणलाई संगीतको दुनियामा उनको महत्वपूर्ण योगदानको लागि भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो । सन् २०१६ मा उनलाई पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।