१ असार २०८३, सोमबार
,
Latest
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर एकको मृत्यु



अ+ अ-

बारा । चट्याङ लागेर आज बारामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा ४२ वर्षीय धर्मप्रसाद राय चौधरी घाइते भई डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । 

टायर गाडामा बालुवा लोड गरिरहेको श्रमिक सोही ठाउँ बस्ने २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । घाइतेको डुमरवाना स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी मिश्रले भन्नुभयो । त्यसैगरी शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।    




भर्खरै