८ पुष २०८२, मंगलवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह भ्रममा परेर तरंगित नहुन ईश्वरको ओलीलाई सुझाव जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ? यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर एकको मृत्यु



अ+ अ-

बारा । चट्याङ लागेर आज बारामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा ४२ वर्षीय धर्मप्रसाद राय चौधरी घाइते भई डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । 

टायर गाडामा बालुवा लोड गरिरहेको श्रमिक सोही ठाउँ बस्ने २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । घाइतेको डुमरवाना स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी मिश्रले भन्नुभयो । त्यसैगरी शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।