जलेश्वर। भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ।
तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको घाइतेले बताएका छन्।
उक्त घटनामा जनकपुरधामका एकै परिवारका ५ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र गाडी चालक छन् । घटनामा एक प्रहरी जवानसहित ५ जना घाइते भएका छन् ।
दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर, नेपाल प्रहरीका जवान मनोज यादव र एक जना नाम नखुलेका व्यक्ति गीम्भर घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो एक मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई पल्टेको थियो ।
दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा रहेको मधुबनी मंदिर नजिक भएको पत्रकार मिश्रले जानकारी दिए।