२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण



अ+ अ-

काठमाडौं । आठ वर्षीय आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज को लोकार्पण भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुस्तक विमोचन गरेका हुन्। संस्कार पब्लिकेसनद्वारा प्रकाशित यस संग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा बालकथाहरू समेटिएका छन्।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पाण्डेले यति सानो उमेरमै कथा लेखनमा देखाएको प्रतिभा प्रशंसनीय रहेको बताउँदै लेखिकाको सृजनात्मक क्षमताको प्रशंसा गरे । उनले साहित्यमा संलग्न व्यक्ति अन्य पेशागत व्यक्तिहरूको तुलनामा कम अपवित्र रहने धारणा राख्दै साहित्य सिर्जना गर्नेहरू भावुक हुने र तिनको भावुकताले समाजलाई असल कार्यतर्फ डोर्याउने विचार व्यक्त गरे । साथै, आजको डिजिटल युगमा मानिसको चिन्तन गर्ने क्षमतामा कमी आए पनि कल्पनाशक्ति सशक्त शक्ति भएको भन्दै कल्पनाशीलताको महत्त्वलाई जोड दिए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले आकृति पाण्डे एक विशिष्ट प्रतिभा भएकी बताउँदै बालकहरूलाई सही मार्गदर्शन प्रदान गर्न अभिभावक, विद्यालय र समाजको महत्त्वपूर्ण भूमिका हुने विचार राखे । जय नेपाल फाउन्डेशनका अध्यक्ष बद्री अर्यालले आकृति पाण्डेमा अलौकिक प्रतिभा रहेको र भविष्यमा विशिष्ट साहित्यकार बन्न सक्ने सम्भावना रहेको बताए ।

पुस्तकको समीक्षा गर्दै लेखक शङ्कर कुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउँदै पात्रहरूलाई न्यायपूर्ण रूपमा प्रस्तुत गरेको टिप्पणी गरे । उनका अनुसार संग्रहमा करुणा, मित्रता, धैर्यता, एकता तथा अरूलाई चित्त नदुखाउने जस्ता सन्देश प्रवाहित गर्ने कथाहरू समेटिएका छन् । प्रधानले कथाहरू रोचक, सन्देशमूलक र मानव जीवनलाई छुने खालका रहेको बताउँदै यी कथाहरू मिहिनेतका साथ तयार पारिएको उल्लेख गरे ।

लेखिकाकी पिता अमिन पाण्डेले छोरीको सृजनात्मक क्षमताले आफू गर्वान्वित भएको बताउँदै सानै उमेरदेखि पढ्ने, लेख्ने र चिन्तन गर्ने उनको स्वभावले भविष्यमा अझ उत्कृष्ट कृतिहरू जन्माउने आशा व्यक्त गरे। संस्कार पब्लिकेसनका उपाध्यक्ष शरद श्रेष्ठले समाजलाई गतिशील बनाउँदै समृद्धिको दिशामा लैजान पढ्न मात्र नभई लेख्न पनि आवश्यक रहेको धारणा राखे ।