२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा बिजनेसको अभाव हुँदैनः सांसद न्यौपाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद भगवती न्यौपानेले संसदमा बिजनेसका अभाव नहुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले अहिलेको अधिवेशनमा संसदलाई बिजनेसको अभाव नहुने बताउनुभएको हो । उहाँले राष्ट्रिय सभालाई पनि महत्व दिएर सरकारले विधेयकहरु दर्ता गरिरहेको उल्लेख गर्दै यस अधिवेशनमा बिजनेस बिहीन हुनुपर्ने स्थिति नरहेको बताउनु भयो । राष्ट्रिय सभामा रहेका विधेयकहरु कसरी व्यवस्थित, जनता र देशको पक्षमा बनाउने भन्नेमा सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय सभालाई पनि महत्व दिएर विधेयकहरु दर्ता हुन थालेका छन् । हामीलाई बिजनेसको कुनै समस्या हुन्छ भन्ने लाग्दैन । त्यसैले जति पनि विधेयकहरु राष्ट्रिय सभामा छन्, ति विधेयकहरुलाई कसरी व्यवस्थित बनाउने, जनता र देशको पक्षमा कसरी बनाउने रु कसरी विधि निर्माण गर्ने, सुशासन कायम गर्ने भन्ने बारेमा छलफल गर्नेछौँ ।’

उहाँले संसदको ऐन, कानून बनाउने मात्र नभइ बनेका ऐनहरको मापन र मूल्यांकन गर्नुपर्ने बतउनु भयो ।