२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित



अ+ अ-

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो ।

नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा पाँच चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १२२ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन् । त्यस्तै आरिस विलिङले २८ रन जोडिन् । बलिङमा थाइल्यान्डकी पुत्थावोङले दुई विकेट लिइन् । उक्त सिरिजको तेस्रो खेलमा भोलि शनिबार नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।