२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छः एमाले सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले नेकपा (एकीकृत समाजवादी)लक्षित यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गर्नुभयो । उहाँले अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको बताउनु भयो । संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकारमात्रै होइन । आज विपक्षी बेन्चमा बसिरहनुभएका दलको नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलामा २०७९ पछि तीन पटक अध्यादेश ल्याउनु भयो । झन्डै १४ कानूनहरु संशोधन गर्नुभयो । ति मिटरब्याजको सम्बन्धमा पनि थिए । लगानी सम्मेलनको पूर्वसन्धयामा अध्यादेश आएको थियो । यो त नियमित प्रक्रिया हो नि त । त्यसैले अध्यादेशको प्रक्रियामा कसैले विमति जनाउनुपर्ने जस्तो लाग्दैन । कन्टेन्टमा केही विमति भए छलफल गरौंला । प्रतिस्थापन विधेयकमा संशोधन प्रश्ताव राख्नुस् त्यसमा हामी छलफल गर्न तयार छौं । २०७८ सालमा जम्मा १६ वटा अध्यादेश आएको रहेछ । त्यसबेला अध्यादेशबाट पार्टी फुटाइएको थियो । गजब कुरा त के छ भने जुन पार्टी अध्यादेशबाट बनाइएको थियो । त्यही पार्टी आज अध्यादेश गलत भन्दै छ । अध्यादेशबाट जन्मिएको छ । अध्यादेश ठिक छैन भनिरहेको पनि छ । यो के हुन लागेको हो अचम्म नै भइरहेको छ ।’

उहाँले अध्यादेशमा भएका कमजोरिहरुलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको बताउनु भयो ।