५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डप्रति ओलीको कटाक्षः सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने कुराको वन्ध्याकरण भयो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिको वन्ध्याकरण भएको बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उहाँले गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा वन्ध्याकरण भएको बताउनु भयो ।

उहाँले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।

संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं । आज म, जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर यहाँ उपस्थित भएको छु । सरकारमा आएपछि हाम्रो दोस्रो प्राथमिकता थियो– नीतिगत सुधार । यसका लागि सुधारका ठोस कार्ययोजना तय गरी नीतिगत सुधारको प्रक्रियालाई तीब्रता दिइएको छ ।’

प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता नीतिगत सुधार रहेको बताउनु भयो ।